मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

प्रथम मेयर कप अन्तरपालिका रात्रिकालीन भलिबल प्रतियोगिताको उपाधि भद्रपुरलाइ

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

झापा । भद्रपुरले प्रथम मेयर कप अन्तरपालिका स्तरीय रात्रिकालीन नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रपुर युवा परिवारको आयोजनामा भद्रपुर माविको खेल मैदानमा शनिबार राती भएको फाइनल खेलमा दमक नगरपालिकालाई ३-१ को सेटले पराजित गर्दै भद्रपुरले उपाधि चुमेको हो । उपाधि चुमेसँगै भद्रपुरले नगद ५१ हजारसहित ट्रफि हात पारेको छ । भने, उपविजेता बनेका दमकले ३१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

विजेता र उपविजेताले भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । वेस्ट अफ फाइभमा दमकमाथि आक्रामक खेल प्रदर्शन गरेको भद्रपुरले पहिलो सेट २५-२४ ले जितेको थियो । दोस्रो सेटमा दमकले आक्रमण प्रदर्शन गर्दै १४-२५ ले जितेको थियो । २५-२३ र २५-२१ को तेस्रो र चौथो सेट लगातार जित्दै भद्रपुरले उपाधिमाथि कब्जा जमाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच भद्रपुरका राहुल राजवंशी भएका छन् । उनलाई २ हजार १ सय प्रदान गरिएको थियो ।  त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भरत यादव घोषित भएका छन् । उनलाई ६ हजार एक सयले पुरस्कृत गरिएको थियो ।

त्यसैगरी वेस्ट स्ट्राइकर भद्रपुरका भरत यादव, वेस्ट ब्लकर दमकका पुकार तामाङ, वेस्ट सरभर भद्रपुरका अभिषेक कामती, वेस्ट डिफेन्डर दमकका प्रेम बास्तोला, वेस्ट लिफ्टर दमकका मुस्कान लिम्बु र उदीयमान खेलाडी भद्रपुरका राहुल राजवंशी घोषित भएका छन् । उनीहरूलाई जनही २ हजार १ सय पुरस्कृत गरिएको थियो । प्रतियोगितामा झापा, शिवसताक्षी, बाह्रदशी, कनकाई, गौरादह, दमक, भद्रपुर, मेचीनगर, कचनकवल, गौरीगञ्ज र बिर्तामोड सहभागी हुने जनाइएको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्रतियोगितामा झापाका १५ वटा पालिकामध्ये ११ वटा पालिकाहरू झापा, शिवसताक्षी, बाह्रदशी, कनकाई, गौरादह, दमक, भद्रपुर, मेचीनगर, कचनकवल, गौरीगञ्ज र बिर्तामोड सहभागिता आयोजक समितिका सुशिल यादवले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै