मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |
मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |


झाडीमा भेटिएका शिशुको अभिभावकत्व लिन चलखेल

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

झापा भद्रपुरको झाडीमा भेटिएका नवजात शिशुको अभिभावकत्व लिनका लागि चलखेल शुरु भएको छ ।

शिशुलाई हकदावी गर्न आफ्नै अभिभावक आउने संभावना नदेखेपछि अभिभावकत्व लिन बाहिरका पचासभन्दा बढी व्यक्ति इच्छुक देखिएका छन् । तिनै व्यक्तिहरुले राजनीतिक र आर्थिक रुपमा शिशुलाई लिन चलखेल शुरु गरेको बताइएको छ ।

डाक्टर , इन्जिनियर , राजनीतिकर्मी , प्राध्यापक , उद्योगी , व्यवसायीलगायतले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएका छन् । ती शिशुलाई लिनका लागि विराटनगरका एक चिकित्सक दम्पत्ति दिनहुँ मेची प्रादेशिक अस्पतालको पोषण गृह धाइरहेका छन् । जहाँ ती शिशुलाई राखिएको छ । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा अध्यापनरत र आर्मी अस्पतालमा कार्यरत सन्तान नभएका चिकित्सक दम्पत्ति दिनहुँ आउने र शिशुको औषधि उपचार गरिदिने गरेको पोषण गृहले जनाएको छ ।

ती शिशुलाई लिनका लागि भद्रपुरका नगरप्रमुख गणेश पोखरेल , उपप्रमुख राधा कार्की , नगरपालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीका साथै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल , जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मी , डीएसपी खगेन्द्रप्रसाद रिजाल , प्रादेशिक अस्पतालका संचालक समिति , चिकित्सकलगायत धेरैजनालाई भनसुन गर्न थालिएको छ । शिशुका लागि राजनीतिक रुपमा आग्रहसंगै दवाव पनि आउने गरेको बताइन्छ । आफूलाई अहिलेसम्म ३० जनाभन्दा बढीले ती शिशुका लागि भनिसकेको नगरप्रमुख पोखरेलले बताए । उनले एकजना व्यक्तिले दाङ जिल्लाबाट समेत शिशुका लागि फोन गरेको जानकारी दिए । निसन्तान भएका डाक्टर , इन्जिनियर , राजनीतिकर्मी , प्राध्यापक , उद्योगी , व्यवसायी, भद्रपुर नगरपालिकाका कार्यपालिका सदस्य, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी , स्थानीय समाजसेवीलगायतले आफूसंग ती शिशुका लागि पहल गरिरहेको उनको भनाई छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रेग्मीलाई पनि धेरैले भनिसकेका छन् । केही दिनअघि आफूलाई ती शिशुका बारेमा ५–७ जनाले भनेको र आफूले ती शिशु भद्रपुर नगरपालिकाको संरक्षकत्वमा रहेकाले आफूले केही पनि गर्न नसक्ने भनेर जवाफ दिएको बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका डीएसपी रिजालले आफूलाई ती शिशुका लागि अष्ट्रेलियाबाट दुईजनाले फोन गरेको बताए । त्यस्तै मेची प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले आफूलाई पनि ५–७ जनाले ती शिशुको लागि पहल गरिदिन भनेर आग्रह गरेको जानकारी दिए । शिशुका लागि झापा, इलाम, खोटाङ , दाङलगायतका जिल्लासंगै विदेशबाट समेत फोन आउने गरेको बताइएको छ ।

यता शिशु राखिएको पोषण गृहमा हेर्न आउनेको संख्या त्यतिकै बढी छ । आउनेको संख्या बढेपछि भित्र पस्न कडाई गरिएको व्यवस्थापक गंगा लिम्बूले बताइन् । उनले पोषण गृहमा शुरुका केही दिन शिशुलाई हेर्न दिएपनि हेर्न आउनेहरुको संख्या बढेपछि स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले कडाई गरिएको जानकारी दिइन् ।
भद्रपुर नगरपालिकाले हकदाबीका लागि आह्वान गर्दै गत शुक्रवार सात दिने सूचना निकालेको छ । उक्त नवजात शिशु कसको हो ? सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो शिशुको पर्याप्त प्रमाण कागजातसहित हकदाबी गर्न आउन हुन सूचनामा उल्लेख छ ।

ती शिशुको अभिभावकको हकदावीको म्याद नसकिदै अभिभावकत्व लिन चाहने बाहिरका व्यक्तिहरुको ताँती देखिएको हो । नगरप्रमुख पोखरेलले अभिभावकत्व दिनैपर्ने अबस्था आए, पछि अप्ठ्यारो नपर्नेगरी सबै कानुनी प्रक्रिया पूरा गरेर मात्र शिशुलाई जिम्मा दिने बताए । शिशु लिनका लागि पर्ने निवेदनहरुलाई छानविन गरी असल अभिभावकलाई मात्र जिम्मा दिइने उनको भनाई छ । निर्दयी बाबुआमाले जन्माएर झाडीमा फालेका ती शिशुको उज्वल भविष्य ग्यारेन्टी हुनेगरी मात्र अभिभावकत्व प्रदान गर्नुपर्ने स्थानीयहरुको भनाइ रहेको छ ।प्रतिदिन दैनिकबाट

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार