मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

दमकमा तीन बन्दकर्ता पक्राउ,बन्दको आंशिक प्रभाव

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२० माघ २०८१, आइतबार

झापा ।  बन्द गराउदै हिडने तीनजनालाइ प्रहरीले दमकबाट नियन्त्रणमा लिएकाे छ  । दमक –६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउन खोज्दा प्रहरीले ३ जना बन्दकर्तालाई पक्राउ गरेको हाे  । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा लगिएको छ । पक्राउ पर्नेमा पदम बेघालगायत रहेका छन् । सवारी साधनको चाबी थुत्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले बताए । आज बिहान ५ः३० बजे झापाको बुद्धशान्ति –४ बर्नेस्थित मेची राजमार्गमा मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले २ वटा घाघरुको रुख ढालेर मेची राजमार्ग अवरुद्ध पारेका थिए । त्यसलाई पन्छाएर सडक सुचारु गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी  चन्दले बताए । युक्त संघर्ष समितिका कार्यकर्ताहरुले आव्हान गरेको ९ जिल्ला बन्दको आंशिक प्रभाव परेको छ ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकारको विरोध गर्दै मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले आव्हान गरेको ९ जिल्ला बन्दको आंशिक प्रभाव परेको छ ।त्यस्तै  पूर्वपश्चिम राजमार्गमा आंशिकरुपमा सवारी साधन चलेका छन् ।

पूर्वी पहाडी जिल्लामा भने यातायात चलेको छैन । बन्दकर्ताहरुले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द यथावत राखेका छन् । जसका कारण जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार