मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापासँगै इलाममा पनि जंगली हात्तीकाे बिगबिगी

देश प्रदेश डेस्क 5486+ समाचार ( )
साङ्केतिक तस्विर
८ आषाढ २०८२, आइतबार

झापा / तराइ जिल्लाहरुमा मात्रै सिमित रहेकाे जंगली हात्तीकाे बिगबिगी अव बिस्तारै पहाडी जिल्लाहरुंमा पनि बढ्न थालेकाे छ ।

पछिल्लो समय आहाराको खोजीमा झापासँग जोडिएका इलामका गाउँहरुमा उक्लिएर हात्तीले क्षति गर्न थालेको छ । हात्तीको आक्रमणबाट यो आर्थिक वर्षमा इलाममा दुईजनाको मृत्यु भइसकेको छ ।

 शनिबार रोङ गाउँपालिका ६ स्थित सिद्धिखोला किनारको घारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियाे । अन्दाजी ५०/ ५५ वर्षकी मृतक महिलाको सनाखत हुन सकिरहेको छैन । हात्तीले लछारपछार गरी मारेको महिलाको शव वीभत्स रहेको प्रहरीले जनाएको छ । महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

त्यस्तै रोङ ६ को पुछार गाउँका पूर्णबहादुर राईको घरसमेत हात्तीले भत्काएको छ । शनिबार साँझ ५ः३० बजे प्रहरी चौकी जिर्मलेमा घटनाको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक इन्द्रप्रसाद साहको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

यसअघि गत असोज २८ गते राति इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको थियो ।
घरनजिकै रहेको धान खेतमा आएको हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट चुलाचुली– १ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार