मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

ओमसाई पाथीभरा हस्पिटलको तीज विशेष कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२९ भाद्र २०८०, शुक्रबार

भद्रपुर । झापाकाे भद्रपुर ८ स्थित ओमसाई पाथीभरा हस्पिटलले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । असोज १ गते हरितालिका तीज पर्वको अवसर पारेर हस्पिटलले भद्रपुरकाे नेपाल सामुदायिक विकास केन्द्रमा विभिन्न कार्यक्रमको आयोजना गरी तीन विशेष कार्यक्रम सम्पन्न गरेको हो । 

हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले निजी लगानीमा स्थापित ओमसाई पाथीभरा हस्पिटल भद्रपुरको गहना भएको बताएका छन् । 

'भद्रपुरबाट उद्योगी तथा व्यवसायी पलायन भइरहेको अवस्थामा दीपक पोखरेलले बिर्तामोड जस्तो शहर छाडेर भद्रपुरमा यति ठुलो हस्पिटल खोलेर यस क्षेत्रका बिरामीलाई मात्र सेवा दिइरहेका छैन, यो नगरकै सम्पत्तिको रुपमा स्थापित भइसकेको छ,' उनले भने । यसको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नु पर्ने उनले बताए ।  तीज विशेष कार्यक्रम राखेर हस्पिटलले डाक्टर, नर्स तथा भद्रपुर नगरपालिकाका महिला कर्मचारीहरु  बीचको सद्भाव र एकताको सन्देश समेत दिएको उनको भनाई छ । वि.सं. २०६६ माघ ६ गते यस हस्पिटलको स्थापना भएको थियो । हस्पिटलमा विशेषज्ञ चिकित्सकले सर्वसुलभ सेवा दिइरहेको हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेलले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै