मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

झापामा ब्राउनसुगरसहित पाँच जना पक्राउ

देश प्रदेश डेस्क 5194+ समाचार ( )
साङ्केतिक तस्वीर
१९ माघ २०८०, शुक्रबार

झापा झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरु कमल गाउँपालिका ५ का तीनजना र बिर्तामोड ३ का दुईजना रहेका छन् । आज दिउँसो ३ बजेको समयमा मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालतर्फ पैदल आउँदै गरेका कमल ५ नमुना टोल बस्ने अन्दाजी १९ वर्षीय प्रितेश राई, सोही ठाउँ बस्ने अन्दाजी २७ वर्षीय यामप्रसाद सुनुवार, अन्दाजी २१ वर्षीय आमोद राईलाई शंका लागेर चेकजाँच गर्नेक्रममा प्रितेश राईलाई मुख खोल्न लगाउँदा उनको मुखभित्र सेतो रङको प्लाष्टिकको पोकामा लुकाईछिपाई ल्याउँदै गरेको ४ ग्राम ४० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो । तीनै जनालाई नियन्त्रणमा लिई ईप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बिर्तामोडबाट लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका– ३ का २२ वर्षीय कृष्णकुमार थापा र २३ वर्षीय अजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले १ ग्राम १७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै