मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

कोशीबाट सभामुख फिर्ता गर्न राप्रपाको केन्द्रीय र कार्यसम्पादन समितिलाई निर्देशन

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

झापा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशबाट सभामुख फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कोशी प्रदेशका सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको हो ।

केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टी अध्यक्ष समेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने बुँदामा व्यापक छलफल भएको हो । छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो ।’

पार्टीको केन्द्रीय निर्देशनविपरीत राप्रपाका अम्बरबहादुर विष्टले कोशी प्रदेशको सभामुखमा उम्मेदवारी दिएका थिए । उनी कोशी प्रदेशसभाको सभामुखमा सर्वसम्मत चयन भएका हुन् । राप्रपाका विष्टलाई सत्ता गठबन्धन र विपक्षी एमालेले पनि समर्थन गरेको थियो । तर विष्ट कोशी प्रदेशको सभामुख भएपछि पार्टीले सभामुखबाट फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार