जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालको यात्रा क्वार्टरफाइनलमै समाप्त भएको छ। नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
नेपाल र श्रीलंकाबीचको तेस्रो क्वार्टरफाइनल खेल स्थानीय समयअनुसार बिहान ५:४५ बजे सुरु हुने तय भएको थियो। तर लगातार वर्षा भएपछि खेल सुरु हुन सकेन।
खेल रद्द भएसँगै उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ।
यससँगै एसियन गेम्समा नेपालको क्रिकेट यात्रा क्वार्टरफाइनल चरणमै समाप्त भएको छ।
यो icc को नियम ले नेपाल जहिलेइ नि पछि पर्छ
यो icc को नियम ले नेपाल जहिलेइ नि पछि पर्छ