मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

झापा धाइजनमा राधिका दासीद्धरा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने

देश प्रदेश डेस्क 5487+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

झापा । मेचीनगर–१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ ।

 पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा आगामी मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको आयाेजकले जानकारी दिएको छ ।

महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्ने आयोजक समितिका अध्यक्ष तीलकप्रसाद गिरीले बताए ।

मन्दिरलाई व्यवस्थित गर्दै सामाजिक तथा धार्मिक सदभाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिक चौतारी निर्माण र जग्गा घेराबारा गर्ने, जिल्लाभित्र र बाहिर धार्मिक पर्यटनलाई बढावा दिने, कोष स्थापना गर्ने उद्देश्यले पुराणको आयोजना गर्न लागिएको उनले बताए ।

मन्दिरको चैतर्फी विकासका लागि १ करोड संकलन गर्ने र २५ लाख खर्च हुने पुराण प्रचार–प्रसार समितिका संयोजक प्रेमराज घिमिरे बताए । दैनिक २ हजार भक्तजन आउने अपेक्षा आयोजकको छ ।

वि.सं.२०७२ सालमा स्थानीय रविन्द्र प्रसाईं, गंगादेवी, लक्ष्मी प्रसाईंले उनका मातापिता÷सासुससुरा यशोदा– अभिचन्द्र प्रसाईंको स्मृतिमा मन्दिर निर्माण गरिएको हो ।

उनीहरुले मन्दिरको नाममा २ कठ्ठा ३ धुर जग्गा दान दिएकोमा सर्पट नापीबाट जग्गा थप भई हाल मन्दिरको ६ कठ्ठा ५ धुर जग्गा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि प्रसाईंले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार