मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

बिर्तामोडका राजवंशीको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट मृत्यु

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा । झापा बिर्तामोड– १ का ५८ वर्षीय लक्ष्मीनारायण राजवंशीको मोरङको उर्लावारीमा मोटरसाइकलको ठक्करबाटमृत्यु भएको छ ।

सोमवार राति अन्दाजी ९.२५ बजे उर्लाबारी– ३ सोल्टी पुलस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट पथरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५३प २५०५ नम्बरको मोटरसाइकलले पैदलयात्री राजवंशीलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि न्यूरो हस्पिटल विराटनगर लगिएकोमा गएराति उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक रन्जन बरालले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक धरान –१५ घर भई हाल उर्लाबारी –३ मा बस्ने ३२ वर्षीय इश्वर शंकर सामान्य घाइते भएका थिए । उनलाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे लगिएको थियो । राजवंशीको मृत्युपछि मोटरसाइकल चालक शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार