मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

सामुदायिक वनसँग भद्रपुर नगरपालिकाको अन्तरक्रिया

देश प्रदेश डेस्क 5487+ समाचार ( )
७ माघ २०८०, आइतबार

 झापा । सामुदायिक वनले परिपालना गर्नुपर्ने कानुनी व्यवस्था,जंगलको संरक्षण,संम्बद्र्धन एवम जैविक विविधताको संरक्षण लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भद्रपुर नगर क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिबिच आइतबार अन्तरक्रिया गरेको हो ।
कार्यक्रमका बारेमा डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषिराज पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै वनमा देखिएका विगत र वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । वन अधिकृत पराजुलीले वन ऐन २०७६ र नियमावली २०७९ का विषयमा जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समिति,सञ्चारकर्मी लगायतलाई जानकारी गराएका थिए ।
अन्तरक्रिया कार्यक्रममा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराइ, वन, वातावरण तथा विपद् व्यवस्थापनका सदस्य सचिव एवम नगरका सुचना अधिकारी नेत्रप्रसाद पोखरेल, नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की लगायतले सुझाव तथा धारणा राखेका थिए ।
भद्रपुर नगर क्षेत्रभित्र ७ वटा सामुदायिक वन छन् । ६ हजार ४ सय १८ घर धुरीका ३१ हजार ५ सय २२ जनसंख्या / उपभोक्ता रहेको वनमा  १७ सय ७३ दशमलव ९४ हेक्टर क्षेत्रफल ओगटेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार