मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

केचनाबाट भारतीय रुपैयाँ र कारसहित तीनजना भारतीय नागरिक पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२७ श्रावण २०८१, आइतबार

झापा स्रोत नखुलेको भारतीय २ लाख ४ हजार ५ सय रूपैयाँ नगद र भारतीय कारसहित तीनजना भारतीय नागरिकलाइ सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कार चालक भारत पश्चिम बंगाल प्रान्त जिल्ला जलपाइगुरी कालपिनी ग्राम पञ्चायत वडा नम्बर ५ बुकिङ्बारी बस्ने ३४ बर्षिय दिपक प्रधान,भारतको विहार प्रान्त जिल्ला किशनगञ्ज तात्पुवा ग्रामपञ्चायत वडा नं. ७ बेलायतिबारी बस्ने ३२ बर्षिय मोहमद शमिम अख्तर र सोही स्थान वडा नं. ८ का ३६ बर्षिय परेश कुमार सिंह रहेको सशस्त्र प्रहरी बल गण नं. २ झापाले जनाएको छ ।
प्रहरीले दिएको विवरण अनुसार सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट केचनाबाट खटिएको टोलीले आइतबार अपरान्ह् साढे ३ बजे जिरो पोइन्टबाट केचनातर्फ जादै गरेको डब्लू बी ७४ बिएच १६४३ नम्बरको भारतीय कार कचनकवल ४ खुट्टामनी स्थानमा चेकजाँच गर्दा शमिम अख्तरको साथबाट ५०० दरका नोट ३०० थान र सिंहको साथबाट पनि ५ सय दरका नोट १०९ थान गरी २ लाख ४ हजार ५००  रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी बल गण न २ झापाका डिएसपी एवम प्रवक्ता सुमन पोखरेलले जानकारी दिए ।

पक्राउपछि भारतीय कारको ५० लाख मूल्य कायमगरी कारसहित व्यक्ति ,रुपैयाँ आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी सुनसरी पठाइएको उनले जानकारी दिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार