मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

तेह्रथुमकाे तीनजुरे बिस्कुटले बजार लिदै

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१८ मंगशिर २०८२, बुधवार

झापा / तेह्रथुमकाे लालीगुराँस नगरपालिका ७ मा स्थापना भएकाे तीनजुरे विस्कुट यद्याेगले आर्गनिक उत्पादनका कारण क्रमस बजार ओगट्दै गएकाे छ ।

सिस्नु, कोदो, फापर र मकैजस्ता अर्गानिक कच्चा पदार्थ प्रयोग गरेर बनाइने बिस्कुटले उपभोक्ताको ध्यान तान्नेका कारण बजारमा आफ्नाे पकड बनाउदै गएकाे हाे ।

लालीगुराँस नगरपालिका-७ का नेत्र श्रेष्ठ र सरोज श्रेष्ठले शुरु गरेको उद्योगमा ओभन तताउने, आटा मुछ्ने र बिस्कुट सिकाइदेखि प्याकिङ गर्नेसम्मको काममा स्थानीय युवाहरु नै व्यस्त देखिन्छन् । १० लाख रुपैयाँको लगानीबाट सञ्चालन गरिएको उद्योग अहिले भने व्यवस्थित उत्पादन र बजार विस्तारको चरणमा छ। स्थानीय स्वाद, ताजापन र घरेलुपनाले तीनजुरे बिस्कुट उद्योगले बजारमै छुट्टै परिचय बनाउन थालेको हाे। उद्योगका संचालक सरोज श्रेष्ठ उद्योगबाट आफूहरु सन्तुष्ट रहेको र मासिक ८० देखि ९० हजार आम्दानी गर्दै आएको बताए।

उद्योगले अहिले दैनिक ३ जनालाई रोजगार दिएको छ। घर नजिक स्थापना भएको उद्योगमा रोजगार पाउँदा परिवार धान्न र मासिक आम्दानी लिँदै आएको कामदार आशिष थापाले खुशी व्याक्त गरे।

लसुनेबाट शुरु गरेको उद्योगले अहिले वसन्तपुर बजारमा समेत उद्योगकाे शाखा खाेलेकाे छ। वसन्तपुर, लसुने, म्याङलुङ मात्र होइन र तेह्रथुमका छिमेकी जिल्लासम्म यसका उत्पादन आपूर्ति हुँदै आएको हाे। पछिल्लो समय अर्गानिक उत्पादन गर्न थालेपछि तराईका जिल्ला र बाहिरी देशहरुमा समेत माग बढ्न थालेको छ।

श्रम र मेहनत गरे स्थानीय स्तरमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यो उद्योगले उदाहरण दिएको हाे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै