मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

संसदीय छानबिन समितिको कार्यक्षेत्रमा दलहरूबीच जुटेन सहमति, संसद बैठक नै अनिश्चित

देश प्रदेश डेस्क 5486+ समाचार ( )
६ जेठ २०८१, आइतबार
झापा । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि लागेकाे सहरकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने सहमति जुटाए पनि दलहरु कार्यक्षेत्रको विवादमा अल्झिएका छन्।

सिंहदरबारमा आइतबार जारी बैठकमा दलहरुले समितिको कार्यक्षेत्रका विषयमा सहमति जुटाउन नसक्दा प्रतिनिधि सभाको बैठक सुचारु भएकाे छैन।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक समितिको कार्यक्षेत्रसम्बन्धी विवाद मिलाउन नयाँ बानेश्वरबाट सिंहदरबारतर्फ लागेका छन्।

'उहाँले संसदीय छानबिन समितिको कार्यक्षेत्रको विषय टुङ्गो नलाग्दासम्म बैठक नचलाउँ भनेर सभामुखलाई भन्नुभयो,’ सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले भने, 'कार्यक्षेत्रको विषय टुंगो नलाग्दा बैठक अघि बढ्ने अवस्था छैन।

प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको थियो।

प्रमुख दलहरुहरुको शनिबार बसेको बैठकले सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउने सहमति जुटाएको थियो।समितिको कार्यक्षेत्र टुङ्गो लगाउन कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल रहेको कार्यदल गठन भएको थियो।

संसदीय छानबिन समितिको क्षेत्राधिकारमा अनिवार्य रुपमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान कांग्रेसले राख्दै आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको नाम उल्लेख गर्न नहुने बताएको छ। एमालेले भने संसदीय छानबिन समिति व्यक्ति तोकेर बन्न नहुने बताउँदै आएको छ।

समितिको कार्यक्षेत्रको विवादले प्रतिनिधि सभाको बैठक अनिश्चित बनेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार