मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

प्रदेश लिग फुटबलको उपाधि काठमाडौँलाई

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२० पौष २०८१, शनिबार

बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको छ ।

आज भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठमाडौँ प्रतियोगिताको च्याम्पियन बनेको हो । 

बागमती प्रदेश फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबले दोलखाको टाइगर समूहलाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा सम्पन्न फाइनल खेलमा काठमाडौँका लागि पहिलो हाफको २५औँ मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफको ७४औँ मिनेटमा बुढाथोकीले थप एक गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । 

अन्तिम समयमा काठमाडौँका तर्फबाट आयुष कुँवरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पु¥याएका हुन् । 

खेलको ‘म्यान अफ दी म्याच’ बुढाथोकी घोषित भएका छन् । लिग विजेता काठमाडौँले रु दुई लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ । साथै उपविजेता दोलखाले रु एक लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै काठमाडौँका बुढाथोकीले रु १५ हजार नगद पुरस्कार प्राप्त गरे भने प्रतियोगिताअन्तर्गत हाई स्कोरको उपाधि पनि बुढाथोकीले जिते । 

उत्कृष्ट गोल रक्षक काठमाडौँका चन्द्रशेखर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर काठमाडौँका जनक कोइराला, उत्कृष्ट मिडफिडर काठमाडौँका विज्ञान खड्का, उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी र उत्कृष्ट कोच काठमाडौँका रुपेश क्षेत्रीले प्राप्त गरे ।

सबैले जनही रु पाँच हजारका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाको लिग विजेता फुटबल क्लबको सहभागिता थियो । 

रामेछाप र रसुवा भने एन्फामा आबद्ध नभएकाले लिगमा सहभागिता जनाएका थिएनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार