मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

तिनवटा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने -मन्त्री गुरुङ

देश प्रदेश डेस्क 5364+ समाचार ( )
९ भाद्र २०८०, शनिबार

झापा / नेपाली काङग्रेसका उप सभापति तथा कानुन न्याय तथ संसदीय ब्यवस्था मन्त्री धनराज गुरुङले लथालिङग अवस्थामा रहेको देशको न्यायपालिकाको सुदृढीकरण गर्दै देशका तिनवटा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आफु प्रतिबद्ध भएर लाग्ने बताए ।

प्रदेश सभालाइ झापाको शिवसताक्षीमा उद्घाटन गर्न झापा आएका मन्त्री गुरुङले डेमोक्रेटिक लयर्स एशोशिएसन चन्द्रगढी  झापाले  शनिबर आयोजना गरेको कानुन व्यवसायीहरु संगको संक्षिप्त भेटघाट कार्यक्रममा बोल्दै देशको प्रमुख निकाय कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिकाको सुधार गर्दै यी निकायलाई राजनीतिक हस्तक्षेप बाटमुक्त राख्न  प्रतिबद्ध भएर लाग्ने बताए ।

उनले स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्ने न्यापालिका सुधारका लागि रिक्त रहेका न्यायाधिश नियुति लगायतका विषयमा छलफल भई रहेको बताउदै योग्य र सक्षम व्यक्तिको खोजिका कारण नियुक्ति  गर्न ढिला भै रहेको बताए ।कार्यक्रममा झापाका जिल्ला न्यायाधिश चन्द्रमणि ज्ञवालिले झापामा मुद्दाको चापमा बृध्दि भएको आधारमा थप न्यायाधिश नियुक्त गर्न माग गरेे ।

कार्यक्रममा  झापाका कानुन व्यवसायिहरु क्रमशः एशाेसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री ,पुर्व उपाध्यक्ष अशोककुमार पोखरेल,डि एल ए केन्द्रीय  सद्स्य यज्ञलक्ष्मी चौलागाइ लगायतले बोल्दै न्यायधिशहरुको नियुक्ति लाई पहिलो प्राथामिकतामा राखेर न्यायक्षेत्रमा देखिएको बेथिति र विसंगतिको घेरामा रहेको न्यायपालिकालाई  राजनीतिक हस्तक्षेप बाट मुक्त राख्दै सक्क्षम र योग्य न्याय क्षेत्रको सुधार गर्दै  जानु पर्नेमा जोड दिए ।

यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लक्ष्मीप्रसाद सिवाकोटीले गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेवे , केन्द्रीय सद्स्यहरु गोमा भट्टराई  , शुसिला ढकाल ,क्षेत्रिय सभापति झापा ३ तथा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै