मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

माल्टा पठाइदिन्छु भन्दै झापाका मेनपावर सञ्चालकसहित दुईजना पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

झापा वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल काठमाडौँको टोखा बस्ने ४४ वर्षीय टंकप्रसाद सुवेदी रहेका छन् ।

सुवेदीले तुलसी राम कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु, प्रतिष्ठित होटलमा काम लगाइदिन्छुभन्दै ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । फरार रहेका सुवेदीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुस २२ गते बसुन्धराबाट पक्राउ गर्न सफल भएको थियो ।त्यस्तै, माल्टा नै पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिका–४ घर भएका ३४ वर्षीय विक्रम दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । हाल ललितपुर बस्दै आएका दाहालले विनिता तामाङलाई माल्टाको प्रतिष्ठित होटलमा जागिर लगाइदिन्छु भन्दै ८ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।उनलाई पुस २२ गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको रेग्मीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार