मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

अहिले देशमा कुनै राजनीतिक संकट छैन - विश्वप्रकाश शर्मा

देश प्रदेश डेस्क 5488+ समाचार ( )
७ पौष २०८०, शनिबार

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा कुनै राजनीतिक संकट नरहेको बताएका छन् । शनिवार काठमाडौँमा जारी नेपाली कांग्रेसको पहिलो बागमती सम्मेलनमा बोल्दै उनले नेपालमा आहिले संकट रहेको कुरा गर्ने गरेपनि राजनीतिक संकट नरहेको उल्लेख गरे । 

उनले भने– ‘संकट केलाई मान्न मिल्छ भने जतिबेला नेपालमा हिंसात्मक विद्रोहको अवस्था थियो । राज्य नै गाउँ छिर्न नसक्ने अवस्था थियो । मान्छे यतै मरेको उतै मरेको ठप्प अवस्था थियो । त्यस्तो अवस्थामा हल खोज्ने कांग्रेस तर अहिले हामीले सानोतिनो समस्यालाई संकट भनेर कांग्रेसले बिस्कुन सुकाउन मिल्छ ?’

संविधानसभाको निर्वाचनपछि संविधान बन्न नसकेको संकटमा अर्को चुनाव गराएर संविधान बनाएर कांग्रेसले संकट टारेको बताउँदै उनले अहिले त्यस्तो संकट नरहेको टिप्पणी गरे ।  महामन्त्री शर्माले अब नयाँ विश्वास र पूरानो भावनाको कांग्रेस बनाउनुपर्ने बताए । 

२०१५ सालमा निर्वाचनमा जानु अगाडि वीपी कोइरालाले पार्टीका सदस्यहरुको नाममा पत्र लेखेको बताउँदै त्यसमा २००७ सालको क्रान्तिपछि पार्टीमा धेरै आत्मविश्वास भएको र धेरै आत्मविश्वासले क्षति पुग्ने बताएको स्मरण गराए । साथै पार्टीमा पद लिने तर त्यसको दायित्व पूरा नगर्ने कुराले असर गर्ने कुराको स्मरण गराए । 

उनले भने– ‘हामी बलियो छौँ, हामी लोकतान्त्रिक छौँ, संघर्षबाट आएका हौं, पटक पटक सत्ताको नेतृत्व गरेका हौँ तैपनि हामी एक्लै छौँ भन्ने आत्मविश्वास हामीले आजको दिनमा छोड्नु नै पर्छ । नयाँ नयाँ चुनौती आएको छ, नयाँ नयाँ दलहरु पनि आएका छन् । हामी सबैलाई सम्मान र सहकार्य पनि गर्छौँ । सामना पनि गर्छौँ ।’

उनले पार्टीमा को कसले केके पद लिएको छ त्यसको दायित्व पूरा गरेको छ कि छैन त्यसको समीक्षा, आत्मआलोचना गर्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार