मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

करिव दुई लाख रकमसहित ७ जना जुवाडे पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

करिव दुई लाख रकमसहित ७ जना जुवाडे सुनसरीको कोशी गाउँपालिका वडा न. १ लौकहीमा पक्राउ परेका छन् । 

गएराति ११ः२० बजे कोशी गाउँपालिका वडा न. १ लौकहीमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटिँदा अरुणकुमार यादवको गोदाम घरमा जुवा तास खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा न. १ बस्ने ५२ वर्षीय रमानन्द महतो , कोशी– ५ स्थायी घर भई हाल कोशी –१ बस्ने ३८ वर्षीय विनोदकुमार यादव , इनरुवा नगरपालिका वडा न. ९ स्थायी घर भई हाल कोशी –१ बस्ने ४४ वर्षीय योगेन्द्रप्रसाद यादव , कोशी –१ बस्ने ५० वर्षीय राजेशकुमार सुब्बा , भोक्राहा नरसिंह गाउँपालिका वडा न. १ बस्ने ४० वर्षीय दिनेशकुमार साह , कोशी –१ बस्ने ४६ वर्षीय अरुणकुमार यादव र भोक्राहा नरसिंह –३ बस्ने ३० वर्षीय चन्दन यादव रहेका छन् ।

खालबाट नगद १ लाख २१ हजार २०० र उनीहरूको साथबाट नगद ६९ हजार ३९० गरी जम्मा नगद १ लाख ९० हजार ५९० रुपैयाँ बरामद भएको छ । त्यस्तै १६ बुङ ताससमेत बरामद गरी संलग्न ७ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार