मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

झापामा सामुदायिक वनबाट काठ बिक्री आरोपमा अध्यक्षसहित ८ पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
साङ्केतिक तस्वीर
२१ जेठ २०८१, सोमबार

                                                                                                                             साङ्केतिक तस्वीर

झापा । झापाको एउटा सामुदायिक वनबाट काठ चोरी गरेर बिक्रीगरी वनमा अनियमितता गरेको आरोपमा अध्यक्षसहित ८ जनालाइ पक्राउ गरिएको छ । दक्षिणी क्षेत्र कचनकवल गाउँपालिका ७ मा रहेको पाथिभरा सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्षसहित ८ जनालाइ पक्राउ गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
वनमा केही रुख काटिएका ठुटाहरुको आधारमा र सामुदायिक वनका काठ पनि हराएकोले आरोपितमाथि ०८० चैत ४मा सामुदायिक वनमा अनियमित तरिकाले वन पैदावर काटी हानी नोक्सानी गरेको तथा कोष हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको सुचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् ।
मुद्दा दर्तापछि ०८१ जेठ १३ गते (आइतबार) ७ जना र १८ गते (शुक्रबार) थप एकजनालाइ पक्राउ गरिएको पुरीले बताइन् । उनीहरु सवैलाइ घरबाट नै पक्राउ गरिएको उनको भनाइ छ । आरोपितमाथि अनुसन्धान शुरु गरिएको मुद्दाको अनुसन्धान अधिकृत समेत रहेकी पुरीले बताइन् ।

अहिले तिनवटा मात्र ठुटा भेटिएको र हिषाबमा पनि फरक देखिएपछि कती परिमाणको काठ बिक्री भएको बारे थप अनुसन्धान गरेर मात्र के कस्तो कारबाही अगाडि बढने टुङ्गोमा पुगिने उनले जनाइन् । मुद्दा पेस भइसकेपछि मात्र नाम सार्वजनिक गरिने उनको भनाइ छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार