मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

अनशनको चौथो दिन : नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रँदै, माग सम्बोधनमा सरकार मौन

भेषराज नेपाल 102+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

झापा / नर्स तथा मिडवाइफहरूको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, श्रम शोषण अन्त्य गर्नेलगायत १५ बुँदे माग राख्दै आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको अनशन चौथो दिनमा प्रवेश गरेको छ। १४ साउनदेखि अनशनरत रानाभाटको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गए पनि सरकारबाट माग सम्बोधनका लागि ठोस पहल नभएको भन्दै नर्सिङ क्षेत्रले असन्तुष्टि जनाएको छ।

हाल वीर अस्पतालमा उपचाररत रानाभाटको रक्तचाप र रगतमा सुगरको मात्रा निरन्तर घट्दै गएको चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आईसीयूमा राख्न सुझाव दिए पनि रानाभाटले त्यसलाई अस्वीकार गर्दै अनशनलाई निरन्तरता दिएकी छन्।

रानाभाटले स्वास्थ्य, शिक्षा, श्रम तथा अर्थ मन्त्रालयका प्रतिनिधिहरू सहभागी हुने गरी औपचारिक वार्ता गर्नुपर्ने माग राखेकी छन्। यसअघि स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोलीसँग भएको छलफल भने कुनै निष्कर्षमा पुग्न सकेन। सरकार स्पष्ट कार्ययोजना र प्रतिबद्धतासहित वार्तामा नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्।

रानाभाटले औषधिसमेत लिन अस्वीकार गरेको उनकी सहयोगी कविता सिटौलाले बताइन्। स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा उनको जीवन सुरक्षाप्रति चिन्ता बढ्दै गएको छ।

यसैबीच, नेपाल नर्सिङ संघले सरकारलाई यसअघि भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न तथा अनशनरत रानाभाटको जीवनरक्षाका लागि प्रभावकारी पहल गर्न आग्रह गरेको छ। संघले नर्सहरूको सेवा–सुविधा, तलब–भत्ता तथा कार्य वातावरण सुधार नगरे गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कठिन हुने चेतावनीसमेत दिएको छ।

रानाभाटले सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्स र मिडवाइफहरूका लागि सरकारले तोकेकोभन्दा कम नहुने न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, सम्मानजनक सेवा–सर्त लागू गर्न, पर्याप्त दरबन्दी व्यवस्था गर्न, श्रम शोषण अन्त्य गर्न, जोखिम भत्ता उपलब्ध गराउन, सार्वजनिक बिदाको व्यवस्था गर्न तथा विभेदकारी कानुनी प्रावधान संशोधन गर्नेलगायत १५ बुँदे माग तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार