मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१ श्रावण २०८३, शुक्रबार

झापाको कचनकवल गाउँपालिका–४ हरियाली झोडाबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार राति ९:४० बजे इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) प्रकाशकुमार कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–२ संगीतचोक निवासी ३२ वर्षीय विशाल गाईने र सोही स्थानका २३ वर्षीय सिद्धार्थ गाईने रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट कालो प्लास्टिकमा पोका पारेर लुकाइछिपाइ ल्याइएको ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थ तौल गर्दा प्लास्टिकसहित ४०० मिलिग्राम र प्लास्टिक हटाउँदा १८० मिलिग्राम ब्राउन सुगर रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृष्ण सुबेदि १ श्रावण २०८३, शुक्रबार

लागूऔषध लाखानेलाई मात्र हैन बिक्रीवितरण गर्ने र गराउने दुबैलाइ कारबाही गराउनु पर्छ अनि मात्र लागूऔषध पुर्णतया रोकिन्छ

कृष्ण सुबेदि १ श्रावण २०८३, शुक्रबार

लागूऔषध लाखानेलाई मात्र हैन बिक्रीवितरण गर्ने र गराउने दुबैलाइ कारबाही गराउनु पर्छ अनि मात्र लागूऔषध पुर्णतया रोकिन्छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार