मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

रुघाखोकी लागे के खाने, के नखाने ?

देश प्रदेश डेस्क 5197+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

रुघाखोकी सामान्यतया केही दिन वा हप्तामा आफैँ निको हुने गर्छ । यस्ता समस्या मौसम परिवर्तन र भाइरसका कारण हुने भएकाले त्यति ठूलो उपचारको जरुरत पनि पर्दैन । तर, मानिसलाई यसबाट छिटो उन्मुक्ति पाउन खोजिरहेको हुन्छ । किनकि, यसले दैनिक काममा पनि अवरोध सिर्जना गरिरहेको हुन्छ । घरमा अपनाइने केही सावधानीले यस्तो अवधिलाई छोट्याउन पनि सकिन्छ । जुन धेरै हदसम्म खानामा निर्भर हुन्छ । रुघाखोकीलाई छिटै निको पार्नका लागि खान हुने र नहुने पदार्थबारे स्टाफ नर्स प्रियंका विकले बताएकी छिन्

के खाने ?
फ्लु र चिसो भएको अवस्थामा हाम्रो शरीरबाट विभिन्न माध्यमले फ्ल्विडको अवस्था कमजोर भइरहेको हुन्छ । त्यसैले, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्न जरुरी हुन्छ । तर, कहिल्यै पनि चिसो पानी र झोलिलो पदार्थको भने प्रयोग गर्नु हुँदैन ।यस्तो अवस्थामा बाफ लिँदा पनि समस्याबाट चाँडै छुटकारा पाउन सकिन्छ ।

चियाको मात्रा घटाउनुपर्ने हुन्छ । हर्बल–टी पिउँदा भने फाइदाजनक नै हुन्छ ।

यस्तो समस्याबाट छोटो समयमै मुक्त हुन तातो पानीमा मह राखेर पनि खान सकिन्छ ।

अदुवापानीको प्रयोग पनि उत्तम मानिन्छ ।

यस्तो अवस्थामा दूध तथा दूधजन्य पदार्थको सेवन बढाउन जरुरी हुन्छ ।

यदि तपाईं फ्लुबाट ग्रसित हुनुहुन्छ भने फलफूल र तरकारीको प्रयोग गर्न पनि छुटाउनु हुँदैन ।

यस्तो अवस्थामा ठोस पदार्थको अत्यधिक सेवनले समस्यालाई लम्ब्याउन सक्छ । त्यसैले नरम तथा निल्न सजिलो हुने खानेकुराको प्रयोगमा जोड दिनुपर्ने हुन्छ ।

भिटामिन सीयुक्त खाना तथा फलफूलको प्रयोग बढाउनुपर्छ । सुन्तला, कागती, अम्बा, काउली, टमाटर, हरियो सागपात, बदाम, अन्डा आदिको प्रयोगले रुघाखोकी छोटो समयमै निको हुन सहयोग पु-याउँछ ।

खान नहुने
चिया, कफी
कोला, मदिरा
चिनियुक्त खाद्यपदार्थ यस्तो पदार्थको सेवनले ब्याक्टेरियासँग लड्ने क्षमतामा कमी ल्याउँछ ।

यसो गरौँ
यस्तो अवस्थामा शरीरलाई आरामको आवश्यकता पर्छ । शरीरलाई चिसोबाट बचाउँदै न्यानो राख्नुपर्छ ।
नुनपानीले कुल्ला गर्दा पनि समस्या थप बल्झन पाउँदैन । विशेषगरी घाँटीको संक्रमणमा कुल्ला गर्न अनिवार्य हुन्छ ।
नाक बन्द भएको अवस्थामा मनतातो नुनपानीले नियमित सफा गर्नुपर्छ ।
कहिलेकाहीँ सामान्य रुघा तथा फ्लुले जटिल रूप लिन पनि सक्छ । त्यसैले यस्तो समस्यामा हेलचेक्र्याइँ नगरी चिकित्सककहाँ जान जरुरी हुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार