मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

सीमा क्षेत्रमा गोली प्रहारबाट विराटनगरका संग्रौला घाइते

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

झापा नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साँझ ५ः४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् ।

विराटनगर १६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन् । उनको बाँया तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको उपचार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ । ‘उपभोग्य खाद्यबस्तु खरिदको लागि जोगवनी गएको थिएँ । साँझमा घर फर्किदै थिएँ । जोगवनीदेखि उत्तर रेलको स्टेशनदेखि माथितिर दक्षिणगेटबाट विराटनगर जाँदै थिएँ । त्यही बिचमा ६ जना केटाहरुसँग भेट भयो । केहीबेर भनाभन भयो र ममाथि गोली हानिदिए,’ कोशी अस्पतालमा उपचार गराइरहेका घाइते संग्रौलाले भने । कोशी अस्पतालको मेडिकल अफिसर डाक्टर तुलसी गोइतले एक्स–रे गर्दा तिघ्रामा बुलेट जस्तो देखिएको बताए ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए । ‘दशगजामा भएको भए प्रहरीलाई थाहा हुने थियो । हामीले पनि विरामी हस्पिटल आएपछि मात्र थाहा पाएका छौं । घटनाका बारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार