मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

राप्रपाले आज ११ बजे जनदबाब सभा गर्दै

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२४ मंगशिर २०८२, मङ्गलबार

झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ११ बजेदेखि देशकाे वर्तमान परिस्थिलाई सहज बनाएर देश निकाशका लागि दबाब दिन विरोध कार्यक्रम गर्दैछ ।

काठमाडौँको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दु राज्यको देश तथा प्रदेश खारेजीकाे माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको हो ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले मंसिर २३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय स्तरको जन-आन्दोलन सफल बनाउन देशभरिका नागरिकहरुलाई सार्वभौमिक स्तरमा सहभागी हुन आह्वान गरेका छन्। उनले आन्दोलनलाई केवल पार्टीको नभई समग्र राष्ट्र र जनताको साझा–मुद्दा भएको स्पष्ट पारेका छन्।

शाहीका अनुसार, मुलुक अहिलेको व्यवस्थाले जनचाहना पूरा गर्न सकेको छैन; त्यसैले संविधान संशोधन गरी राष्ट्रपतीयब्यवस्था हटाउने, राजसंस्था पुनःस्थापना गर्ने, प्रदेश संरचना खारेज गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भएको संघीय–गणतन्त्रको विकल्प खोज्ने निर्णायक कदम आवश्यक रहेको जनाएका छन्।

राप्रपाको प्रस्तावित एजेण्डामा संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैर-दलीय बनाउने, भ्रष्टाचार विरुद्ध जीवनपर्यन्त कारबाही, र राष्ट्रिय झण्डासहित एकता बनाएर सडक आन्दोलन गर्ने लक्ष्यसमेत छन्।

शाहीले सबै नागरिक, नागरिकसमूह, युवापुस्ता (जेनजेड) र अन्य हिन्दु–संस्कृतिक दल तथा संस्था-समुहतिर पौनी साझा सम्झौताकै आधारमा देशलाई नयाँ दिशातर्फ अघि बढाउन आग्रह गरेका छन्।

राप्रपाले राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गर्न लागेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै