मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

आमा-छोरा सवार अटोलाई ट्रकले दियो ठक्कर, आमाको मृत्यु

देश प्रदेश डेस्क 5487+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

मकवापुरमा ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु भएको छ।

शुक्रबार बेलुकी ७:५० बजे मकवापुरको हेटौडा उपमहानगरपालिका-११ थानाभर्याङमा चितवन जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट अटोमा सवार रहेकी मनहरी गाउँपालिका-६ खयरघारीकी ३५ वर्षीया पुजा बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सिएमसी चुरेहिल अस्पताल मकवानपुरमा शुक्रबार राति ९:२० बजे मृत्यु भएको हो।

दुर्घटनामा अटो चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २५ वर्षीय राजु थिङ गम्भीर घाइते छन्। उनको टाउकोमा चोट लागेको छ।

अटोमा पुजाकी ११ वर्षीय छोरा अमृत घिसिङ पनि सवार थिए। दुर्घटनामा उनी पनि घाइते छन्। उनको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ।

घाइते दुवैको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

ट्रक, अटोसहित ट्रक चालक चितवनको राप्ती नगरपालिका- २ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार