मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

झापाकाे बिर्तामोडमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२६ आषाढ २०८२, बिहीबार

झापा / झापाकाे बिर्तामोडमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गएराति १०.४५ बजे बिर्तामोड–२ रामचौकस्थित सडकछेउमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एकजना व्यक्ति गंभीर घाइते अबस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी सहायक निरीक्षक सोनेलाल राजवंशीको टोलीले गस्ती गर्ने क्रममा तत्काल नाम थर वतन नखुलेको अन्दाजी ४० वर्षका पुरुषलाई गम्भीर अबस्थामा फेला पारी उपचारको लागि बिर्तासिटी अस्पताल पठाएकोमा अस्पतालमा पुर्याउनासाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

उनको टाउको लगायत शरीरको बिभिन्न भागमा चोट देखिएको छ । पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएर भागेको अनुमान गरिएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

त्यस्तै बिर्तामोड –१ स्थित टाईमलेस होटल परिसरभित्र मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् । राति ११ः३० बजे अर्जुनधारा –६ बस्ने १९ वर्षीय सुदर्शन लिम्बूले चलाएको प्र.१–०१–०१३ प.१५११ न.को मोटरसाइकल परिसरभित्र रहेको पार्किङ स्थलबाट बाहिर निकाल्ने क्रममा सोही स्थानमा पार्किङ गरी राखेको प्र.१–०१–०१४ प ३८६६ न.को स्कुटीमा ठोक्किएको थियो ।

मोटरसाइकलमा पछाडी सवार मोरङ सुन्दरहरैचा वडा न.२ खुर्साने घर भई हाल बिर्तामोडको लिटल फ्लावर्स स्कुल अगाडी डेरा गरी बस्ने १९ वर्षीय रिजन कुँवर मोटरसाइकलबाट लडेर घाइते भएका छन् ।

उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका कुँवरको अबस्था मध्यम रहेको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार