मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

अमेरिकामा एकै दिन १४ सयभन्दा बढी उडान रद्द, अन्तर्राष्ट्रिय यात्रुहरू प्रभावित

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

अमेरिकामा शनिबार १ हजार ४ सयभन्दा बढी उडान रद्द भएका छन्। रद्द हुनेमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान दुवै छन्।

त्यसै दिन ६ हजारभन्दा बढी उडान ढिला भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ। शुक्रबार ढिला भएका उडान संख्या ७ हजार थियो।

उडान कटौती र ढिलाइले विभिन्न मुलुकबाट अमेरिका जाने वा अमेरिकाबाट विभिन्न मुलुक जाने यात्रु प्रभावित भएका छन्।

अमेरिकी संसदले बजेट पारित गर्न नसकेपछि सरकारले आफ्ना धेरै सेवा र कार्यक्रम अस्थायी रूपमा रोकेको छ। त्यही क्रममा वायुसेवा कम्पनीहरूलाई पनि संघीय सरकारले उडान कटौती गर्न भनेको हो।

बिबिसीका अनुसार बजेट रोक्काका कारण अमेरिकी विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर तलबबिना काम गर्नुपरेकाले देशका ४० व्यस्त विमानस्थलमा उडान क्षमता १० प्रतिशतसम्म घटाइएको छ।

अमेरिकाको संघीय नागरिक उड्डयन प्रशासनले आगामी दिनमा उडान कटौती झनै बढ्ने जनाएको छ।

अक्टोबर १ देखि सुरू भएको बजेट रोक्काको स्थिति ३९ दिनसम्म लगातार चलिरहेको छ। अमेरिकी इतिहासमा यति लामो समयसम्म बजेट पारित हुन नसकेको यो पहिलो पटक हो।

रिपब्लिकन र डेमोक्रेट सांसदहरू अझै पनि खर्चसम्बन्धी विधेयकमा सहमत हुन सकेका छैनन्। गत साता सिनेट सदस्यहरूले राजधानी वासिङ्टन डिसीमै बसेर दलीय सहमति खोज्ने प्रयास गरेका थिए।

यसबीच खाद्य सहायता भुक्तानीमा कटौती र उडान अवरोधका कारण अमेरिकी नागरिकमा यसको असर तीव्र रूपमा देखिन थालेको छ।

शनिबार अमेरिकी एयरलाइन्सले विज्ञप्ति जारी गर्दै भन्यो, 'हामी वासिङ्टनका नेताहरूसँग तत्काल समाधान खोज्न आग्रह गर्छौं।'

सबभन्दा बढी अव्यवस्था न्यूजर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको छ। शनिबार दिउँसोसम्म त्यहाँ आउने उडान औसत चार घन्टा ढिला भएका थिए। नेवार्कबाट उड्ने उडान पनि डेढ घन्टासम्म ढिला भएका थिए।

शनिबार सबभन्दा बढी उडान रद्द हुने विमानस्थलमा चार्लोट/डगलस अन्तर्राष्ट्रिय विमानस्थल (नर्थ क्यारोलिना), नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थल (न्यूजर्सी), सिकागो ओ'हेयर अन्तर्राष्ट्रिय विमानस्थल (इलिनोय) छन्।

त्यस्तै, जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल (न्यूयोर्क) तर्फका उडान औसत ३ घन्टा, हर्ट्सफिल्ड-ज्याक्सन अटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलका उडान साढे २ घन्टा, र ला गार्डिया विमानस्थल (न्यूयोर्क) का उडान १ घन्टा ढिला भएको संघीय नागरिक उड्डयन प्रशासनले जनाएको छ।

नोभेम्बर २७ मा पर्ने थ्याङ्क्सगिभिङ पर्व नजिकिँदै गर्दा यस्तो स्थिति आउनुले अमेरिकीहरू थप प्रभावित छन्। यो अमेरिकामा मानिसहरू ओहोरदोहोर गर्ने सबभन्दा व्यस्त सिजन हो।

नागरिक उड्डयन प्रशासनका अनुसार अहिले अमेरिकाका एयर ट्राफिक कन्ट्रोलरहरू तलबबिनै लामो समयसम्म काम गर्न बाध्य छन्। कतिपयले आवश्यक खर्च धान्न अर्को जागिर पनि खाइरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार