मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

भद्रपुरका राजकुमार राई सहित पाँच पदमा निर्माण व्यवसायी निर्विरोध निर्वाचित

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२२ पौष २०८१, सोमबार

झापा । नेपाल निर्माण व्यवसायी संघ झापाको  द्धुतीय उपाध्यक्षमा भद्रपुरका राजकुमार राई सहित पाँचपदमा निर्विरोध निर्वाचित भएका छन् ।

संघको १६ औँ अधिवेशनबाट राईसहित प्रथम उपाध्यक्षमा केदार गिरी, सचिवमा शिवसताक्षीका लोकेन्द्र श्रेष्ठ ,महासचिवमा पुष्पराज निराैला र महिला सदस्यमा बुद्धशान्तिकी कमला थाम्सुहाङ निर्विरोध निर्वाचित भएका हुन् ।

संघको आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा चार पदमा एकएकजनाको मात्र उम्मेदवारी दर्ता भएकाले उनीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गोपालबहादुर थापाले जानकारी दिए ।

संघको यो अधिवेशनमा ३७४ मतदाता रहेका छन् । आज नै उम्मेदवारमाथि दाबी विरोध र फिर्ता गर्ने कार्यक्रम रहेको थापाले बताए । भोलि बिहान ८ः३० बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ ।

१६ औँ अधिवेशनमा अध्यक्ष पदका लागि इन्जिनियर प्रकाशकुमार सिंह र रमेश अधिकारीले उम्मेदवारी दिएका छन् । तृतीय उपाध्यक्षमा गोपालबहादुर बस्नेत र नयन बराल भिड्ने भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा चन्द्र खत्री, यज्ञनिधि भुर्तेल र रमेश सेढाईं तथा सहकोषाध्यक्षमा एंगल गुरुङ, सुरेश भट्टराई र सुरेन्द्र धिमालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, सदस्यहरुमा मनोज उप्रेती, हेडम्बराज निरौला, अक्षयकुमार देव, रमेश भण्डारी, गंगाप्रसाद गौतम, रोशन कार्की, प्रविण कटवाल, ज्ञानबहादुर तामाङ, इन्जिनियर विवेक जवेगु, भरत भट्टराई, दिनेश मैनाली, उद्धव कुँवर, गोविन्दप्रसाद घिमिरे, आशिष बान्तवा र इन्जिनियर डालिम खड्काले उम्मेदवारी दिएका छन् ।

निर्वाचनबाट आठजना पदाधिकारी, एक महिलासहित ११ जना सदस्य चयन हुने प्रावधान छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार