मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

२० लाख धरौटीमा शिवाकोटीलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

घरेलु कामका लागि राखिएकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बिर्तामोडका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत विराटनगरको इलाम इजलासले आज २० लाख रुपैयाँ धरौटी लिएर शिवाकोटीलाई छोड्न आदेश दिएको हो । न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले सो आदेश दिएको हो । उच्चको सो आदेशपछि शिवाकोटी आइतवार थुनामुक्त हुने भएका छन् । आज कागजपत्र मिलाउन समय नपुगेको , भोलि कानुन दिवस र पर्सी शनिवारको विदा परेकाले आइतवार थुनामुक्त हुने शिवाकोटीका तर्फबाट वकालत गर्दै आएका अग्रज कानुन व्यवसायी अशोक पोखरेलले बताए ।

यसअघि गत पुष २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपनि शिवाकोटी ५ महिनादेखि बीएण्डसी अस्पतालमै छन् । त्यसअघि २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका थिए ।

जिल्ला अदालतले उनको स्वास्थ्य अबस्था ख्याल गर्न आदेश दिएपछि उनी एकदिन पनि कारागार गएनन् । जिल्ला अदालतको आदेशविरुद्ध शिवाकोटीले पुष अन्तिममा बाहिरै बसेर मुद्धा लड्न पाउनेगरी उच्चमा ७३ नं निवेदन दिएका थिए ।उच्च अदालतको सो आदेशप्रति पीडित बालिकाको परिवारले आपत्ति जनाएका छन् । उनीहरुले बलात्कारजस्तो जघन्य अपराधका अपराधीलाई न्यायालयले उन्मुक्ति दिनु उचित नभएको बताउँदै त्यस आदेशविरुद्ध माथिल्लो निकायमा जाने प्रतिक्रिया दिएका छन् ।

पूर्वी सीमा नाका काँकडभिट्टाबाट उद्दार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो । सीमामा रहेर चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्था आफन्त नेपालले शंकास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो ।त्यसक्रममा उनले आफू विर्तामोड नगरपालिकाका पूर्व प्रमुख शिवाकोटीको घरमा बस्ने गरेको तर, पटकपटक करणी गरेपछि भागेर हिँडेको बताएकी थिइन् ।

कलेज ड्रेसमै रहेकी उनले शिवाकोटीबारे बताएपछि संस्थाले इलाका प्रहरी कार्यालय धुलाबारी लगेको थियो ।बुबाआमा नभएका पीडितलाई घरको काम गरिदिने र पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए । घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार