मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

वृद्धले गरे युवकको हत्या

देश प्रदेश डेस्क 5488+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा । नुवाकोटकाे ककनी गाउँपालिका वडा नम्बर २ ठूलोचित्रे स्थित ३० वर्षीय मंगले तामाङको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले दिएकाे जानकारी अनुसार मंगलेको घाँटीमा धारिलो हतियार प्रहार गरिएको चोट फेला परेको हो। 

उनको हत्या आरोपमा प्रहरीले सोही घरमा बस्ने ६५ वर्षीय डम्बरबहादुर तामाङलाई पक्राउ गरेको डिएसपी भारतीले बताए। 

हत्या भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो। उक्त घटनामा शंकास्पद देखिएपछि प्रहरीले डम्बरबहादुरलाई घर नजिकैबाट पक्राउ गरेको हो।

 सोमबार राति मापसे गर्न डम्बरबहादुरले मंगलेलाई आफ्नो घरमा बोलाएका थिए। उनीहरू दुबै जना मजदुरी गर्थे।

राति करिब सवा १० बजेतिर उनीहरू दुई जनाबीच विवाद भएको थियो।

उनका अनुसार पक्राउ परेका डम्बरबहादुरका छोराको पनि केही वर्षअघि हत्या भएको अनुसन्‍धानबाट खुलेको छ। हत्या गर्ने व्यक्ति मंगलेका आफन्त भएको र ती आरोपी पनि कारागारमा रहेको डिएसपी भारतीले बताए। 

‘पहिले हत्या भएको घटनासँग पनि सम्बन्धित भएको हुनसक्छ। मृतकका आफन्तले आफ्नो छोराको हत्या गरेको भन्ने कुरा खुलेको छ। हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार