मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

दमक प्रहरीको सरप्राइज चेकिङ, दर्जनौं मोडिफाइड बाइक कार्वाहीमा

देश प्रदेश डेस्क 5486+ समाचार ( )
९ पौष २०८२, बुधवार

इलाका प्रहरी कार्यालय दमकले स्वीप अपरेसनसंगै विगत १० दिनदेखि सरप्राइज चेकिङ संचालन गरिरहेको छ । ट्राफिक प्रहरीसंगको त्यस संयुक्त चेकिङबाट धेरै मोडिफाइड मोटरसाइकल कार्वाहीमा परिसकेका छन्

मोडिफाइड मोटरसाइकलसंगै ट्राफिक नियम उल्लंघन गर्ने दर्जनौ सवारी साधन कार्वाहीमा परेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले बताए । मोडिफाई मोटरसाइकलहरु ध्वनि प्रदूषण गर्दै राति कुदाउने गरेका कारण दमक प्रहरीले रातको समयमा नै सरप्राइज चेकिङ गर्ने गरेको छ ।

गएराति १०.३० बजे दमक ५गोर्खा डिपार्टमेन्ट अगाडी ट्राफिक नियम उल्लंघन गर्ने बा८२ प ५७४नम्बरको मोडिफाइड गरेको बुलेट मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसको अघिल्लो राति ९ वटा मोटरसाइकल कार्वाहीमा परेका थिए । प्र १–०१–०१५ प ६७२८ नम्बरको इभी स्कुटर कागजपत्र नभएको,को ४० प २२९४ नम्बरको बुलेट मोटरसाइकल मोडिफाइड,मे ५ प ७३२७ नम्बरको सुपर स्प्लेण्डर ३ जना सवार ,प्र१–०२–०५६ प ३९७१ नम्बरको बुलेट मोटरसाइकल मोडिफाइड, प्र२–०२–०२३ प ०७०८ नम्बरको बुलेट मोटरसाइकल लुकिङ ग्लास नभएको , मे ७ प २४१९ नम्बरको एभेन्जर मोटरसाइकल मोडिफाइड , मे १० प ९३२३ , मे ८ प २६६७ नम्बरको स्कुटी कागजपत्र नभएको र को ३८ प ८२५५ नम्बरको क्रसफायर मोटरसाइकल मोडिफाइड गरिएको फेला परेको प्रहरीले जनाएको छ ।
सोही राति गरिएको स्वीप अपरेसनमा दमक नगरपालिकाको विभिन्न स्थानबाट शंकास्पद अवस्थामा हिडडुल गर्ने, अनैतिक क्रियाकलापमा संलग्न हुन सक्ने, लागूऔषधमा संलग्न हुन सक्ने आशंकामा ६ जनालाई नियन्त्रणमा लिइएको थियो ।

करिव डेढ महिनादेखि डीएसपी लम्सालले इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हालेका छन् । आएको एक सातादेखि स्वीप अपरेसन थालेका उनले शंकास्पद गतिविधि गर्ने डेढ सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकेका छन् । त्यस्तै सयभन्दा बढी मोडिफाइड मोटरसाइकललाई कार्वाही गरिसकेको उनले जानकारी दिए ।

दमक क्षेत्रका मोटरसाइकललाई कार्वाही गरिसकेको भएपनि बाहिरबाट आउने गरेका मोडिफाइड मोटरसाइकललाई समेत नियन्त्रणमा लिई कार्वाही गर्न थालिएको डीएसपी लम्सालको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार