मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

एमाले अध्यक्ष ओलीबाट झापा इनर्जीको उद्घाटन, वार्षिक आम्दानी १२ करोड ८५ लाख

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२४ माघ २०८०, बुधवार
 झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा इनर्जीको उद्घाटन गरेका छन् । ओलीले मंगलवार शिवसताक्षी –४ बुलोचोकस्थित परियोजनाको उद्घाटन गरेका हुन् । परियोजनाको शिलान्यास  संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए ।

कोशी प्रदेशको ठुलो सौर्य परियोजना उद्घाटन गर्दै अध्यक्ष ओलीले कृषि उर्जाबाट मात्रै संवृद्धि हासिल गर्न सकिने बताएका छन् । उनले समृद्धिको लागि उर्जा क्षेत्र उपयोगी भएको बताए । उर्जा र कृषिबाट अधिकतम लाभ लिन सकिने भन्दै ओलीले त्यसमा मेहनत गर्नुपर्ने बताए । युवाहरुमा जागिरे प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्दै ओलीले भने – कृषि र उर्जामा लगानी गरेर राम्रो आम्दानी गर्न सकिन्छ । त्यसका लागि राज्यले समेत लगानीमा सहयोग गनुपर्ने धारणा राखे ।

१० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत परियोजना जिल्लको पहिलो विद्युत उत्पादन गृह हो । परीक्षणकाल सकेर अहिले मेन ग्रिडमा जडान भइसकेको छ ।परियोजनाका परिकल्पनाकार एवम् अध्यक्ष एलपी साँवाले अगुवाइ गरेको परियोजनामा ८५ करोड लगानी भएको छ । २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर परियोजना निर्माण गरिएको हो ।
परियोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुने बताइएको छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्री गर्न सकिन्छ ।सहभागितामा उद्घाटन गरिएको कार्यक्रममा सञ्चालक पवित्रा महतारा प्रसाईले स्वागत गरेकी थिइन् भने सञ्चालन प्रवन्ध निर्देशक सुवास भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार