मुख्य समाचार
मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

भद्रपुरको हनुमान चाेकमा दुर्घटनामा परी घाइते मोटरसाइकल चालक गिरीको पनि मृत्यु

देश प्रदेश डेस्क 5494+ समाचार ( )
२५ अशोज २०८१, शुक्रबार

झापा । गएराति एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो भने आज दिउँसो अर्का मोटरसाइकल चालकको पनि मृत्यु भएको हो । दिउँसो ३.५५ बजे मे ८ प २८३५ नम्बरको मोटरसाइकलका चालक भद्रपुर– ८ का २५ वर्षीय संजिप गिरीको पनि मृत्यु भएको हो । उनको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।

मेची राजमार्गअन्तर्गत चारआली– चन्द्रगढी सडकखण्डको भद्रपुर नगरपालिका– १० स्थित हनुमान चोकमा राति ९ः५० बजे चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल चालक भद्रपुर– १० केन्द्रमोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय छोरा आलोक भण्डारीको मृत्यु भएको थियो । घाइते भण्डारीलाई ओमसाई हस्पिटल भद्रपुरमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार भद्रपुर नगरपालिका– १० का २४ वर्षीय बिपान्सु राउत र मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर– ८ का २५ वर्षीय संजिप गिरी घाइते भएका थिए । राउत र गिरीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको थियो । घाइते राउत डिस्चार्ज भई घरतर्फ गएको डीएसपी चन्दले जानकारी दिए । दुवै सवारीसाधन जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै