मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भयो

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

झापा / परराष्ट्र मन्त्रालयले इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको जनाएको छ ।

मंगलबार इजरायलका परराष्ट्र मन्त्रालयका सचिव बार तालले नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईलाई टेलिफोन गरी जोशीको निधन भएको औपचारिक जानकारी दिएका थिए ।

‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विपिनलाई सन् २०२३ को अक्टोबर ७ मा हमासले अपहरण गरेर गाजामा बन्धक बनाएर राखेको थियो ।

सोमबार नै गाजा पुगेर विपिनसहित ४ जनाको शव रेडक्रसको टोलीले इजरायल ल्याएका थिए ।

इजरायलमा डीएनए परीक्षणपछि विपिनको मृत्यु अपहरणको एक महिना अर्थात् सन् २०२३ को अन्त्यतिरै भएको हुनसक्ने प्रारम्भिक रिपोर्ट आएको छ ।

इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि हमासले सोमबार विपिन जोशीसहित ४ जनाको मृत्यु भएको जानकारी गराएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार