मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

झापामा तस्करहरुले बगाएर ल्याएको १५० किबी काठ बरामद

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२६ आषाढ २०८२, बिहीबार

झापा / झापाकाे कन्काई नदीमा तस्करहरुले बगाएर ल्याएको करिव १५० किवी सखुवा काठ माइधार प्रहरीले नियन्त्रणमा लिएको छ ।

गए राति १२ बजेतिर शिवसताक्षी १०  कन्काई नदीमा पानीको वहावमा चाली बनाएर तस्करहरुले बगाएर ल्याएको सखुवाको फेन्टा बरामद गरिएको हो । २५–३० जना तस्करहरुले बगाएर ल्याउँदै गरेको काठ नियन्त्रणमा लिन जाँदा माईधार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मानपुर चौधरीको कमाण्डमा रहेको ६ जनाको टोलीलाई उनीले लखेटेका थिए ।

त्यसपछि गैडे सामुदायिक वन , इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट थप जनशक्ति मगाएर सो काठ बरामद गरिएको प्रहरी सहायक निरीक्षक चौधरीले बताए । चारैतिरबाट घेराउ गरेपछि तस्करहरु काठ छोडेर भागेको उनले जानकारी दिए । बिहानपख कन्काई ४ स्थित कन्काई नदीबाट सो काठ निकालिएको थियो । अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको काठ गैडे सामुदायिक वनमा बुझाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै