मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

एक सय १५ किलो गाँजा बबियाबाट बरामद

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१४ श्रावण २०८१, सोमबार

झापा । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाबाट १ सय १५.७ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीको टोलीले चेकजाँचको क्रममा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीले बबिया चोकमा प्रदेश १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी चेकजाँच गरेको थियो । सो क्रममा गाडीमा लुकाइएको उक्त परिमाणको गाजा फेला परेको हो । गाँजासँगै गाडीमा सवार धनकुटा साँघुरीगढीका ३२ वर्षीय रामकुमार राई र सोही स्थानका २२ वर्षीय बुद्ध लिम्बुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ४ गणले जनाएको छ ।

भारतीय सीमातर्फ लैजाने क्रममा बरामद गाँजासहित ओसारपसारमा प्रयोग गरिएको गाडी र नियन्त्रणमा लिइएका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको नम्बर ४ गणले जनाएको छ ।

त्यसैगरी देवानगञ्ज गाउँपालिका ५ बाट भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ६ किलो गाँजा र भोक्राहा नरसिंह गाउँपालिका ८ बाट साइकलसहित ६ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको गाँजा र पक्राउ परेका व्यक्तिहरुको विषयमा छानबिन भइरहेको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । पक्राउ परेका गाँजा तस्करहरुलाई सोमबार सुनसरी जिल्ला अदालतमा भ्याद थप गरी अनुसन्धान थालिएको भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै