मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

राष्ट्रिय टिमका खेलाडीसँगै महासचिवको तलब बढाउने ,खेलाडीको तलब ३० हजार

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीसँगै महासचिवको तलब बढाउने निर्णय गर्‍यो ।

भदौ ११ र १३ मा बसेको बोर्ड बैठकले खेलाडीको तलब १८ हजारबाट ३० हजार पुर्‍याउने निर्णय गर्‍यो । सँगसँगै एन्फा महासचिव किरण राईको तलब १ लाख २० हजारबाट बढाएर झण्डै दुई लाख ७० हजार (२ हजार अमेरिकी डलर) बनाउने निर्णय गर्‍यो ।

एन्फा अध्यक्षमा पंकजबिक्रम नेम्वाङ निर्वाचित भएर आएसँगै २०७९ असार ८ मा पहिलो बैठकमै राईलाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेका थिए । दुई वर्षपछि राईको तलब बढाउने प्रस्ताव पनि पंकजले नै लगेका हुन् । ‘महासचिवको तलब बढाउने आधार एउटा कामको मुल्याङ्कन हो । अर्को उहाँलाई आर्थिक रुपमा कमी नहोस् भनेर हो’, एन्फा अध्यक्ष नेम्वाङले भने ।

तर फुटबल विश्लेषकहरु भने महासचिवमा राई असक्षम पदाधिकारी बताउँछन् । उनी आएदेखि नेपाली फुटबल चलायमान हुन सकेको छैन । राइ महासचिव बनेदेखि ए र सी डिभिजन लिग प्रतियोगिता एक पटक मात्रै भएको छ । बी डिभिजन लिग हुन सकेको छैन ।

नियमित लिग र ब्यस्त घरेलु फुटबल अनिवार्य हुनुपर्ने हो । तर नेपाली फुटबल अस्तब्यस्त छ । फुटबलमा खेलेर बाँच्ने आधार नबनेपछि खेलाडी दिन प्रतिदिन विदेश पलायन भइरहेका छन् ।

एन्फा र राखेपबीच राम्रो समन्वय गर्न नसक्दा चार महिनाअघि नेपालको एकमात्रै अन्तर्राष्ट्रिय फुटबल रंगशाला दशरथले अन्तर्राष्ट्रिय मान्यता गुमाउन पुगेको थियो । रंगशालामा फुटबल खेल्न योग्य नभएपछि फिफा विश्वकप छनोट २०२६ को खेल नेपालले बहराइनमा गएर खेलेको थियो ।

अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामा अहिलेको अवस्थामा महासचिवको तलब बढ्नु सही नभएको बताउँछन् । ‘तलब भन्दा पनि प्रतियोगिता भयो कि भएनन् भन्ने कुरा मात्रै हो’, उनले अगाडि भने, ‘अहिलको अवस्था र फुटबलले राम्रो गर्न नसकेको अवस्थामा उहाँ (महासचिव) त्यो तलब लिनु राम्रो होइन ।’

उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा कुनै महासचिवको तलब ३/५/७ हजार डलर हुनसक्छ । तर त्यति तलब पाएका महासचिवले कस्तो कार्यक्रम दिएका छन्, हेर्नपर्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार