मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

डेंगीको सङ्क्रमण दर बढ्दै, सङ्क्रमितको संख्या १६ सय नाघ्यो

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१९ आषाढ २०८२, बिहीबार

झापा / गर्मीकाे चापसँगै डेंगी राेगबाट संक्रमित बिरामी दिन प्रतिदिन बढ्दै गएकाे छ । हाल सम्म सङ्क्रमितको संख्या १६ सय ७३   पुगेको छ ।

सातै प्रदेशमामा डेंगी सङ्क्रमितको संख्या क्रमशःबढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको एक सातामा ७१ वटा नयाँ डेंगीबाट संक्रमित फेला परेकाे पुष्टि भएको छ ।

गएको सात दिनमा सबैभन्दा धेरै संक्रमित २० जना गण्डकी प्रदेशमा र कम १ जना कर्णालीमा पुष्टि भएको छ । यस्तै, कोसीमा १५, बागमतीमा १५,  लुम्बिनीमा १२ , मधेसमा ५ र सुदूरपञ्चिममा ३ जना रहेका छन् । 

गएको पुस महिनायता सात प्रदेशमध्ये बागमती प्रदेशमा बढी सङ्क्रमित छन् भने कम मधेस प्रदेशमा सङ्क्रमित भएको पाइएको छ ।   सङ्क्रमितको संख्या क्रमशः  ४ सय ४ बागमती, ३ सय ५८ गण्डकी,  ३ सय ३४ कोसी, २ सय ७८ लुम्बिनी, २ सय ३२ सुदुरपञ्चिम, ३६ कर्णाली र ३१ मधेस प्रदेशमा डेंगी सङ्क्रमण पुष्टि भएको पाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै