मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१९ भाद्र २०८३, शुक्रबार

झापा ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने याे पर्वमा घुइँचो लागेको हाे ।

राजधानीका मुख्य तीर्थस्थल तथा उपत्यका बाहिरका कृष्णमन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रुपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम नागरिकलाई शिक्षा दिनुभएको छ ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवतगीता’  पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामलेसमेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । गीतामै टीका लेख्ने पनि धेरै छन् ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यसै उपलक्ष्यमा देशका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । रथयात्रा भने अष्टमीको भोलिपल्ट निकालिन्छ ।
भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुसीयालीमा भाद्रकृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद्हरुकाे भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै