मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने

देश प्रदेश डेस्क 5487+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ। नियुक्त हुने भने बाँकी छ।

मन्त्री बन्ने पक्का ‍भएपछि उनले आफूले कुनै पनि सेवा सुविधा नलिने बताएको मन्त्रिपरिषद् निकट स्रोतले जानकारी दिएको छ। 

उनले पिएसओ पनि नलिने भनेका छन्। 

अहिलेको परिस्थितीलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको टिमले उनलाई पिएसओ भने राख्न आग्रह गरेको थियो। तर खनालले त्यो पनि नमानेको स्रोतले जानकारी दिएको छ। 

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै पनि सुविधा नलिइ काम गरेका थिए।

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्।

उनले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग व्यवसायीहरूले गरेको करछलिका विषयमा मत‍भेद भएपछि अर्थसचिवबाट राजीनामा दिएका थिए।

उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।

अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा उनले ठोस सुझाव दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार