मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

भद्रपुरकाे सगरमाथा चोकमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
साङ्केतिक तस्बिर
१९ माघ २०८२, आइतबार

झापा /  झापाकाे भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा चोकमा भद्रपुर–बनियानी पक्की सडकखण्डमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ।

बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदल यात्री भद्रपुर–२ निवासी ६४ वर्षीय कुल प्रसाद खरेललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जानकारी दिएकाे छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–६ निवासी २१ वर्षीय अनुराग घोषको अनुहारमा गम्भीर चोट लागेको छ। प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर रेफर गरिएको छ। उपचारमा उनकी श्रीमती संलग्न रहेको जनाइएको छ।

त्यसैगरी मोटरसाइकलको पछाडि सवार २१ वर्षीय मन्दिप दंगालको अवस्था सामान्य रहेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार