मुख्य समाचार
असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? |

धान मर्न थालेपछि अर्जुनधाराका किसान चिन्तित

देश प्रदेश डेस्क 5484+ समाचार ( )
१७ भाद्र २०८०, आइतबार

झापा अर्जुनधारा वडा नम्वर ३ का किसानहरुले लगाएको धानबारीमा गवारो रोग लागेपछि यतिबेला उनीहरु चिन्तित बनेका छन् ।यस वडाको करिब १० जना किसानहरुले लगाएको २० विगाह धान खेतीमा गवारो रोग देखिएको हो ।
रोगले धान पहेंलो भएपछि अब कसरी बाँचिने हो भनी चिन्ता छाएको पीडित किसान दलमान कामीले दुखेसो पोखे । दलमानले लगाएको धान पुरै पहेंलो भएको वडा सचिव खगेन्द्र लिङ्देनले बताए ।

वडामा जानकारी भएअनुसार सञ्चरानी इङ्नाम, युवराज इङ्नाम, पूर्णहाङ इङ्नाम, दलमान कामी, प्रकाश जगुरेल, स्वर्णकुमार राई, होम पाण्डे, होम दुलाल, नरेन्द्र फेगुवा, अमा लिम्बूले लगाएको धानबाली गवारो किराका कारण बिग्रिएको छ । आफ्नो वडामा किसान पीडित भएको खबर आएपछि कृषि शाखाबाट गवारो मार्ने किटनासक औषधी ल्याएर वितरण गरेको वडा सदस्य नारायण पराजुलीे बताए ।

अर्जुनधाराका किसानहरु गवारो रोगबाट पीडित भएको विषयमा कृषि शाखा प्रमुख एन्जिला विडारीले वडा नं. ३ मा मात्र होइन सबै वडामा फौजी किरा, गवारो रोगले हैरान पारेको हुँदा शाखाबाट रोग नियन्त्रणका लागि किटनासक झोल औषधि वितरण गरिदै आएको बताइन् । अत्यधिक पानी परेर घाम लागेपछि जमेको पानी तातिएर धानका बोटमा फौजी किरा र गवारो जस्तो रोग लागेको शाखा प्रमुख विडारीले जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार