मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

अब देखि झापामा हाउजी खेलाउन नपाइने

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

झापा जिल्ला प्रशासन कार्यालय झापाले हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रतिबन्ध लगाएको छ ।

जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अबदेखि खेलाउन नदिने भएको हो ।

माघ ८ गतेदेखि बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हाउजी खेलाउन लाग्दा प्रहरी प्रशासनले रोक लगाएको हो । महोत्सवको दोस्रो दिन हाउजीका लागि माइकिङ गरेदेखि नै विरोध शुरु भएको थियो । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले तेस्रो दिन हाउजी खेलाएकोमा त्यसपछि प्रहरी प्रशासनले खेलाउन प्रतिबन्ध लगाएको हो ।

त्यसैगरी आगामी फागुन ७ देखि १७ गतेसम्म बिर्तामोड १० सैनिकबजारमा आयोजना गर्नेगरी सैनिक महोत्सवको अनुमति लिन जाँदा जिल्ला प्रशासन कार्यालयले हाउजी खेलाउने अनुमति नदिएको आयोजकले जनाएको छ । हाउजी जुवाजन्य खेल भएको भन्दै चौतर्फी विरोध आएपछि हाउजी खेलाउन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनले भने,‘ अबदेखि जुवाजन्य कुनै पनि खेल खेलाउन अनुमति दिइने छैन ।’

यसअघि प्रशासन कार्यालयको अनुमति लिएर झापामा पैसा कमाउनकै लागि लगातार हाउजी खेल खेलाइदै आएको थियो । प्रत्येक मेला महोत्सवमा हाउजीलाई विकृतिकै रुपमा खेलाइने गरिन्थ्यो । कहिलेकाहीँ मात्र नभएर बिर्तामोडको सिटी सेन्टर , अर्जुनधाराको शनिश्चरे बजारलगायतका ठाउँमा पेशाकै रुपमा हाउजी लगातार संचालन गरिएको थियो ।

सरकारी बजेट पचाउन र जुवा खेलाउनकै लागि बाक्लै आयोजना गर्ने गरिएका महोत्सवमा हाउजीसंगै लक्की सिक्सजस्ता जुवाजन्य खेल पनि निर्वाध खेलाउने गरिएको थियो । यसअघिका प्रमुख जिल्ला अधिकारीहरुले पनि हाउजीमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । तर, जनप्रतिनिधिहरुले त्यसलाई मानेका थिएनन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले हाउजीका कारण विभिन्न समस्या आएकाले त्यसलाई खेलाउन अनुमति दिन नहुने बताउँदै आएका थिए । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जुवाजन्य खेलहरुमा प्रहरी प्रशासनले नै कडाई गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार