मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट

देश प्रदेश डेस्क 5487+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को बैठकमा जानुअघि सभामुख देवराज घिमिरेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।  सभामुखले शुक्रबार बिहान शीतल निवास पुगेर राष्ट्रपति र बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा कम्बोडिया भ्रमण कार्यक्रम, संसदीय गतिविधि लगायतका विषयमा छलफल भएको छ ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले दिएको जानकारी अनुसार सभामुख घिमिरेले विश्व मञ्चमा नेपालको शान्ति निर्माणमा भएका प्रयासबारे धारणा राख्ने जानकारी भेटमा दिए । 

भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीले सभामुखको भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन् । 

कम्बोडियाको राजधानी नोम पेन्हमा मंसिर ८ देखि ११ गतेसम्म हुने आईपीटीपीको ११औँ बैठकमा सहभागी हुन सभामुख घिमिरे ५ सदस्यीय संसदीय टोलीको नेतृत्व गर्दै शुक्रबार कम्बोडिया प्रस्थान गर्दैछन् । 

११ औँ बैठक ‘शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद् र नागरिक समाजबिचको समन्वय एवं सह–अस्तित्व र समावेशी सम्बन्धको लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।

बैठकमा विश्वभरका सरकार, संसद् र नागरिक समाजका अगुवाहरूको सहभागिता रहने बताइएको छ ।

सभामुखले कम्बोडियाली संसद्का सभामुखसहित केही समकक्षीसँग साइडलाइन वार्ता गर्ने तय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार