मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

मध्यावधि टार्नमात्र एमालेसँग सहकार्य गरेको कोइरालाको भनाई

देश प्रदेश डेस्क 5489+ समाचार ( )
३ कार्तिक २०८०, शुक्रबार

झापा। प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले सत्ता कोशीको सरकार गठनले गठबन्धनमा कुनै असर नपार्ने बताएका छन् ।

विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा कोइरालाले कोशी प्रदेशसभाको जटिल अंक गणितले मध्यावधि निर्वाचन टार्नमात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको र यसको असर गठबन्धन, संघीय सरकारलगायत अन्य प्रदेशमा नपर्ने बताएका हुन् ।

कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि राप्रपाका नेताले हामीसँग गरेको कुराकानीका आधारमा प्रदेशसभा जोगाउन मुख्यमन्त्री केदार कार्कीले विद्रोह गरेको उनले बताए । ‘राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएकोबाट पनि उहाँहरूको मनसाय उजागर भएको छ,’ कोइरालाले भने, ‘गठबन्धनको निर्णयका आधारमा राप्रपाको भर परेर मुख्यमन्त्री नियुक्ति प्रक्रियामा गएको भए प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचनमा जानुपर्थ्यो ।’

उनले कोशी सरकार अहिले सरकार गठन भएको अवस्थालाई नै समेटेर विस्तार हुने बताएका छन् । प्रदेश सरकार विस्तार दशैपछि मात्रै हुने पनि कोइरालाको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार