मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

अझै पत्ता लागेन बिर्तामोडकी विष्टको हत्यारा

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

झापा । झापाको बिर्तामोडमा मध्यरातमा आफ्नै घरभित्रै एकजना बृद्धा महिलाको हत्या भएको दुई हप्ता पुगिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।

यद्यपि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ । बिर्तामोड-४ कालिका टोल निवासी ६८ वर्षीया विष्णुमाया विष्टको बैशाख २६ गते हत्या भएको थियो ।

घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको प्रहरीले सोही समय पुष्टि गरेको थियो ।

हत्या भएको दिन बिहानैदेखि अनुसन्धान जारी राखेको बताउने प्रहरीले हत्यारा अझै पत्ता लगाउन सकेको छैन । प्रहरीका अनुसार मृतकको शव भुइँमा रगतमा लटपटिएको र कोल्टे परेको अवस्थामा भेटिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुर समेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत दिए पनि लिटल फ्लावर्स स्कुलदक्षिण पुगेपछि अल्मलिएको थियो ।

प्रहरीले हालसम्म शंकाको घेरामा रहेको व्यक्तिहरुलाई बयान तथा सोधपुछ गरेको जनाएको छ । झापाका प्रहरी प्रमुख मिलन केसीले घटनाको विषयमा गहिरो अनुसन्धान भइरहेको बताए । उनले ११ जना प्रहरीहरु अनुसन्धानमा खटिरहेको जानकारी दिए ।

सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी अनारमनीको प्रहरीको टोलीले संयुक्त अनुसन्धान गरिरहेको बताए । घटनास्थलबाट केही प्रमाण पनि बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले घटनास्थल आसपास र केही क्षेत्रमा बसेर घटनाको अनुसन्धान गरिरहेको बताए पनि कुनै सुराक भेट्न सकेको छैन ।

घटनाको १६ औँ दिन बितिसक्दा पनि अपराधीको पहिचानमा सकस भइरहेको छ भने हत्या कसले, किन ग-यो भन्ने रहस्य खुल्न नसक्दा बिर्तामोडबासीमा त्रास उत्पन्न भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार