मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

असोज १९ गते धेरै स्थानमा 'रेड एलर्ट'

देश प्रदेश डेस्क 5485+ समाचार ( )
१५ अशोज २०८२, बुधवार

मौसम पूर्वानुमान महाशाखाले असोज १९ गते त्रयोदशीका दिन मधेस प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने भन्दै 'रेड एलर्ट' जारी गरेको छ।

महाशाखाले असोज १७ देखि १९ गते (एकादशीदेखि त्रयोदशी) सम्मको विवरण सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो।

त्रयोदशीका दिन मधेस प्रदेशका धेरै स्थान र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने भनिएको छ। ती स्थान पनि रेड एलर्टमा परेका छन्। 

रेड एलर्टमा परेका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस दिन यी पाँचै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशमा पनि हल्का पानी पर्न सक्ने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।

बुलेटिनअनुसार एकादशीको दिनबाट नेपालमा पानी पार्ने मनसुनी वायुको प्रवेश हुनेछ। यसले खासगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ।

 १७ गते एकादशीको दिन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।१८ गते द्वादशीको दिन कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

साथै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार