मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२० चैत्र २०८१, बुधवार

म्यानमारमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ । यो जानकारी म्यानमारको सैन्य सरकारले बुधबार दिएको हो । भूकम्पमा घाइते हुनेको संख्या ४ हजार ६३९ रहेको छ भने ३७३ जना अझै बेपत्ता छन् । 

राहत र उद्धार कार्य अझै जारी छ । मार्च २८ मा म्यानमारमा ७ दशमलव ७ तीव्रताको भूकम्प गएको थियो । भूकम्पका कारण मृत्यु हुनेको संख्या अझ बढी हुनसक्ने अनुमान गरिएको छ । त्यहाँको सैन्य सरकारले यी तथ्याङ्कहरूलाई कम आकलन गरिरहेको विश्वास गरिएको छ ।

deshpradeshnews

मार्च २८ मा म्यानमारमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको तीव्रता ७ दशमलव ७ थियो । भूकम्पको धक्का म्यानमारको छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो ।

थाइल्याण्डमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता भएको बताइएको छ । पहिलो भूकम्प गएको १२ मिनेटपछि मात्र म्यानमारमा दोस्रो भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले बताएको थियो । यो भूकम्पको तीव्रता ६ दशमलव ४ थियो । यस भूकम्पको केन्द्रबिन्दु सागाइङबाट १८ किलोमिटर दक्षिणमा थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार