मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

सन्थालहरुले बाटोमै नृत्य देखाए

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२६ अशोज २०८१, शनिबार

झापा । बिर्ताबजारको दशै मेलामा नाच देखाउन आठवटा टोली भेला भएकोमा उनीहरुलाई बाटोमा नृत्य देखाउन समस्या भएपछि सन्थालहरुले बाटोमै नृत्य देखाएका छन् । बिर्तामोड– भद्रपुर रोड र बिर्ताबजार जोड्ने पुरानो भद्रपुर रोडमा उनीहरुले मुश्किलले आ–आफ्ना समूहको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । 

कुनै समूहले नृत्य देखाइरहेका थिए भने कुनै समूहले ठाउँको अभावमा नृत्य देखाउन सकिरहेका थिएनन् । सन्थालहरुले पुरै सडक ढाकेर नृत्य देखाइरहँदा करिव एक घण्टा सडक अवरुद्ध भई ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । बिर्ताबजारको ऐतिहासिक एवं धार्मिक महत्वको दुर्गा मन्दिरमा परापूर्वकालदेखि दशैको टीकाको दिन मेला लाग्दै आएको छ । अहिलेको शिवालयदेखि पश्चिमपट्टी स्वर्गीय सतानुसिंह राजवंशीले दान दिएको करिव एक विगाह जग्गा खाली रहेको थियो । जहाँ सन्थालहरुले सामूहिक नृत्य देखाउने गर्थे । त्यस जग्गामा अहिले महेन्द्ररत्न मावि र अनारमनी पव्लिक क्याम्पसको भवन बनाइएको छ । सोही दुर्गा मन्दिरको लागि डोमालाल राजवंशीले करिव

१२ विगाह जग्गा दान दिएका थिए । त्यो जग्गा देवी गुठीमा रहेका व्यक्तिहरुले मासिसके । यसरी ऐतिहासिक मठमन्दिर र मन्दिरका जग्गा मासेर आदिवासीहरुले दान दिएको जग्गा जमिनसंगै उनीहरुको संस्कार,संस्कृति र पहिचान नष्ट गर्ने गलत प्रवृति बढ्दै गएको बिर्तामोड–३ सैनिकमोडका सूर्य राजवंशी गुनासो गर्छन् । बिर्ताबजारको मात्र होइन ,गरामनीको दुर्गा मन्दिरको जग्गा पनि मासिएको छ । ठाउँकै अभावमा गरामनी मेला घट्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै